Friday, September 30, 2016

पूर्वमन्त्री श्यामसुन्दर गुप्ता र नेपाल प्रहरीका इन्सपेक्टर अनिल

 

काठमाण्डाै । पूर्वमन्त्री श्यामसुन्दर गुप्ता र नेपाल प्रहरीका इन्सपेक्टर अनिल पण्डितबीच तीन वर्षअघि डिल्लीबजार जेलमा चिनजान भएको थियो। गुप्ता अपहरण मुद्दामा जेल परेका थिए भने पण्डित त्यसबेला सइका रूपमा कारागार सुरक्षाको जिम्मेवारीमा थिए। त्यही बेलाको चिनजानले दुबैलाई जेल बास गराएको थियाे । अपहरण मुद्दामा कैद भुक्तान गरेर गुप्ता गतवर्ष जेलबाट निस्किए। यता सइ पण्डितले इन्सपेक्टरम नाम निकाले। जेलमा कायम भएको दोस्ती झन प्रगाढ बन्दै गयो। गुप्ता ललितपुरका बस्थे भने पण्डितको दरबन्दी पनि ललितपुरमै थियो। दुबै जना मलेर पैसा कमाउने उपाय रच्न थाले र धम्क्याएर पैसा असुल्न थाले। यसैबीच म्यानपावर व्यवसायी तारा रेग्मीलाई अपहरणको धम्की दिएर गुप्ताले पैसा माग्न थाले। पण्डित के कम थिए, रेग्मीबाट उनले पैसा अशुले। लगातार पैसा माग्न धम्की दिन थालेपछि रेग्मीले प्रहरीकहाँ उजुरू दिइन्। पैसा असुलेको आरोपमा पूर्वमन्त्रीसहित इन्पेक्टरलाई प्रहरीले पक्राउ गर्‍यो।अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:
Write comments