Saturday, October 1, 2016

गाडीले किचेर बैतडीमा शनिबार साँझ एकजनाको ज्यान गएको छ

 

बैतडी। गाडीले किचेर बैतडीमा शनिबार साँझ एकजनाको ज्यान गएको छ । ज्यान जानेमा सिद्घेश्वर–८ तल्लो खनारखोलीका ५५ वर्षीय रामबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

विष्टलाई शनिबार साँझ ८ः३० बजे महाकाली राजमार्गअन्तर्गत सिद्घेश्वर–८ तल्लो खनारखोलीमा पैदल हिँडिरहेका बेला गाडीले किचेर ज्यान गएको हो । गाडी भने फरार रहेको छ र खोजी कार्य जारी रहेको बताइएको छ । मृतकका आफन्तले आक्रोशित भएर राजमार्ग बन्द गराएका छन् ।



अध्यक्ष बोहोराले उर्लाबारी नगरपालिका कार्यालय, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालयको समेत ध्यानाकर्षण गराउनु भएको छ । उक्त समितिले चोरी निकासी रोक्न माग गरेको छ ।

केर्खा खोला नजिकैको घरमा बस्दै आउनुभएका स्थानीय हरि खड्काका अनुसार राति ढुङ्गा गिट्टी बालुवा चोरी गर्दा वातावरण असान्त भएका कारण नदी नियन्त्रण उपभोक्ता समिति र उर्लाबारी–३ स्थित चन्द्रमा टोल नदी नियन्त्रण उपभोक्ता समितिले चोरी निकासी रोक्न माग गरेको हो । रातको समयमा ढुङ्गा गिट्टी बालुवा चोरी निकासी गर्दा गाउँ बस्तीमा हो–हल्ला गरेर सुतिराखेका स्थानीयवासीको निद्रा खलबल्याएको र थप अरु सामग्री चोरी हुने जोखिम बढेको स्थानीय प्रशासनसँग शान्ति सुरक्षा दिन माग गरिएको अध्यक्ष बोहोराको भनाइ छ ।

सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म बालुवा, गिट्टी, ढुङ्गाजस्ता पदार्थ निकासीमा रोक लगाए पनि कार्यान्वयनमा कडाइ नहुँदा प्रहरीको मिलेमतोमा रातको समयमा मोरङका खोलाबाट यस्ता वस्तु अवैध रुपमा निकासी भइरहेको पाइएको डास खोलाको छेउमा बस्दै आएका मोहन लिम्बूको भनाइ छ ।

No comments:
Write comments